Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गण्डकी प्रदेशका उर्जामन्त्री बर्खास्त!

loading views..

पोखरा। गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको छ ।  प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उर्जामन्त्री हरिशरण आर्चायलाई बर्खास्त गरेका हुन्। सत्तारुढ गठबन्धनका बिरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार ऊर्जामन्त्री आचार्यलाई बर्खास्त गरिएको हो ।

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आंकाक्षि थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएपछि आर्चाय असन्तुष्ट थिए ।गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका थिए।सुरुमा अर्थ मन्त्रालय पाउनुपर्ने माग गर्दै मुख्यमन्त्रीसँग विवाद गरेका आचार्यले पछि ऊर्जा मन्त्रालयमा चित्त बुझाएका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्