गाेरखा । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गाेरखा जिल्ला ईन्चार्ज एबम गाेरखा क्षेत्र न १ काे क प्रदेशकाे उम्मेदवार कृष्ण धितालले एमालेलाई भाेट हाल्नु भनेकाे प्रतिगमनलाई मलजल हाल्नु जस्तै हाे भनेकाे छन् ।
मंगलबार गठबन्धनकाे चुनाबी अभियान अन्तरगत गण्डकी गाउँपालिकाकाे चुनाबी भेलामा साे कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै उम्मेदार धितालले नेकपा एमालेले जित्याे भने देशलाई बर्बाद र उल्टाे दिशा लाने निश्चित भएकाे बताएका छन् । जनताकाे झण्डै झण्डै दुईतिहाई मतलाई लत्यार जनताकाे मर्म भन्दा ठिक उल्टाे दिशामा गएर राज्यकाे सबै निकायलाई निकम्मा पारेर रमिता देखाएकाले अहिले निर्बाचनमा नेकपा एमाले र केपी ओलीकाे घमण्डलाई मंसिर ४ गते जनताले धुलाे पिठाे बनाउने बेला आएकाे छ उनले भने साेही कार्यक्रममा गठबन्धनका नेताहरु गाेरखा नगरपालिकाका निबर्तमान मेयर राजनराज पन्त नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सेना आयम हाेम बहादुर राना लगाएतले मन्त्वय राखेका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.