गोरखा। नेपाल समाजबादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले गाेरखामा जस्तै प्रतिगमनकारीलाई पुरै देशबाट धक्का दिनु पर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जलबाट आब्हन गर्दै जसरी गाेरखामा सबै उम्मेदारका जीत सुनिश्चित छ ठीक त्यसरी नै प्रतिगमनकारीलाई जित्न नदिने आशय ब्यक्त गरेका हुन् ।
गाेरखाकाे दुई वटा प्रतिनिधि सभा निर्बाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्बाचन क्षेत्र रहेका छन् । जसमा गाेरखा क्षेत्र न १ मा नेपाली काङ्ग्रेसका राजेन्द्र बज्गाई १ काे क मा नेकपा माओबादी केन्द्रका उम्मेदार कृष्ण धिताल र १ काे ख प्रदेशमा नेपाली काङ्ग्रेसका नन्दु प्रसाद न्याैपाने उम्मेदारी छ ।
त्यस्तै गाेरखा क्षेत्र न २ काे निर्बाचन क्षेत्रमा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , २ काे क प्रदेशमा नेपाल समाजबादीका नेता फणिन्द्र देबकाेटा हँसिया हथाैडामा निर्बाचन चिन्ह लिएर लडेका छन् भने २ काे ख प्रदेशमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई गठबन्धले उम्मेदारी बनाएकाे छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.