Skip to content
Pokharapress Logo
२६ मंसिर २०८२, शुक्रबार

आजबाट गोरखामा मतदान अधिकृत र सहयाक मतदान अधिकृत कर्मचारीलाई तालिम दिन सुरु

loading views..

गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले निर्वाचनमा खटिएर जाने मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरेको छ । बुधबार आज पहिलो दिन १ सय८४ जना सहभागी भएका जिल्ला निर्वाचन कार्यालय गोरखाका नायव सुब्बा रविलाल सुवेदीले जानकारी दिए ।

चुमनुब्री र धार्चे क्षेत्रमा खटिएर जाने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई पहिलो चरणमा तालिम प्रदान गरिएको हो ।

तालिमको प्रमुख निर्वाचन अधिकारी गोरखा जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले गाेरखा क्याम्पास गाेरखाकाे सभा हलमा एक कार्यक्रम बीच उद्घाटन गरेका हुन् ।

तालिम कात्तिक २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्