गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गाेरखा क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदार पुष्पकमल दाहालले प्रचण्डले मंसिर ४ गते परिबर्तन चाहने र परिबर्तन उल्ट्याउने बीचकाे लडाई भएकाे बताएका छन् ।
गाेरखाकाे भच्चेक बजारमा बिहिबार आयाेजित काेण सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले साे कुरा बताएका हुन् ।उम्मेदवार प्रचण्डले याे चुनाब सामान्य नभएकाे बताउँदै पहिलेकाे भन्दा याे मानेमा फरक छ कि झण्डै सत्तरी वर्ष लगाएर लडेर ल्याएकाे संविधान समाबेशी अधिकार समानुपातिक अधिकार महिला दलित जनजातिकाे अधिकारलाई रक्षा गर्ने एका तिर अर्काे तिर संबिधानलाई उल्याउटन खाेज्ने र च्यात्न खाेज्ने बीचकाे लडाई अहिलेकाे निर्बाचन हाे ।
हामी जुन गठबन्धन गरेर आएका छाैँ जाे राष्ट्रकाे हितमा जनताकाे हितमा प्रगति र समबृद्विकाे हितमा रहेकाे गठबन्धनलाई अत्यधिक मतका साथ बिजय गराउन अपिल गरेका छन् ।
संबिधान मिचेर लाेकतन्त्रकाे हत्या गर्ने दुष्प्रयास भयाे नेपालमा त्याे सफल भएकाे भए देश अराजकतिर जाने निश्चित त्यसलाई राेक्न याे गठबन्धन बनेकाे हाे उनले भने ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.