हामी समाजबादको लक्ष्य प्रति प्रष्ट छौं:प्रचण्ड

हामी समाजबादको लक्ष्य प्रति प्रष्ट छौं:प्रचण्ड

  • शनिबार, कार्तिक २६ २०७९

गाेरखा ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गाेरखाकालीकाे हात कति ठूलाे वाह गाेरखा !  भन्ने गरी मतदान गर्न भनेका छन् ।

पालुङ्टार नगरपालिका वडा नम्बर २ आँपपिपल भञ्ज्याङमा हिजो आयाेजित कोणसभालाई सम्बाेधन गर्दै प्रचण्डले जति बलियाे हात दिएर पठाउनुभयाे त्यतिनै हामीलाई बल प्राप्त हुन्छ र यहाँकाे विकास निर्माणमा बल पुग्छ, अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले शुक्रबार सिरानचाेक र पालुङ्टारका विभिन्न स्थानमा सम्बाेधन गरेका छन् । गाेरखा आउँदा गहिराे जिम्मेवारी बाेध भएकाे उनले बताएका छन् । समाजवादकाे लक्ष्यप्रति स्पष्ट रहेकाे उनले बताए ।गाेरखामा जनताकाे एकता राम्राे रहेकाे उनले बताए । याे देशका दलित आदिवासी जनजाति सबैकाे अधिकारलाइ थप स्थापित गर्न बलियाेसँग लागि पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.