Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

गाेरखामा प्रचारमा हिडेका एमालेका नेता कार्यकर्ता बिच रक्सी खाएर कुटाकुट,हरि काफ्लेकाे टाउकाेमा गम्भीर चाेट

loading views..

गोरखा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु नगरपालिकाका अध्यक्ष चिजबहादुर लामा समुहमा रहेका युवाहरुले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेका‍ टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् ।

‘भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामा सहित राम सापकोटा, अन्जन पन्त लगायतका युवाहरु दिउँसोदेखि नै रक्सी खाएर बसेका थिए, प्रहरी स्रोतले भन्यो, त्यहीँ खाना खान चुनाव प्रचारमा हिडेका काफ्ले सहितको टोली रिर्सोटमा पुगेको रहेछ, सोही क्रममा भनाभन हुँदा लामाको समुहले एक्कासी काफ्ले माथि बियरको बोतलले हानेका रहेछन् । चुनाव प्रचार–प्रसारबाट फर्केका अब्दुस मियाँ, हरी काफ्ले बसन्त श्रेष्ठ सहित ४ जनाको टोली खाना खान रिर्सोटमा पुगेका थिए ।

घटनामा संलग्न राम सापकोटा र अन्जन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी गोरखाले कार्यालय जनाएको छ । उनिहरुलाई आज बिहान पक्राउ गरिएको हो । घाइते काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ । पिडित काफ्लको अनुसार आफुले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिन्ने बताउनुभयो ।

‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खाना खाने क्रममा एक्कासी आक्रमण गरे’ उहाँले भन्नुभयो, ‘उनीहरु को हुन म चिन्दिन ।’ काफ्लेले आफ्नो टाउकाको गम्भीर चोट भएका कारण थप उपचारका लागि काठमाण्डौ जान लागेको बताउनुभयो । राती भएको उक्त घटनामा परी दिपक तामाङ समेत सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्