गोरखा-२ मा अब्दुसको चुनाव प्रचार टोली माथि एमालेकै युवा नेताहरूको आक्रमण

गोरखा-२ मा अब्दुसको चुनाव प्रचार टोली माथि एमालेकै युवा नेताहरूको आक्रमण

  • सोमबार, कार्तिक २८ २०७९

गोरखा, २८ कात्तिक । प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार अब्दुस मियाको टोली माथी एमालेकै युवा सघको टोलीले आक्रमण गरेको छ ।

गए राती चुनाव प्रचार पछि खाना खान पालुङटार नगरपालिका-७, च्याङ्ली स्थित म्याङ्ग्यो रिसोर्टमा पुगेका अब्दुसको टोलीलाई तनहुँको भानु नगरपालिकाका युवा संघको अध्यक्ष चिजबहादुर लामाको टोलीले आक्रमण गरेको हो ।

लामाको टोलीको आक्रमणबाट अब्दुसको चुनाव प्रचारमा सँगै रहनु भएका एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरी काफ्ले गम्भीर घाइते हुनुभएको छ । घाइते काफ्लेको टाउकोमा बियरको बोतलले हानेर आक्रमण गरिए को थिय‍ो।

घटनाका आरोपित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामाको समूह दिउँसोदेखि नै रिसोर्टमा रक्सी सेवन गरेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.