जाईकाले भबन र नेपाली सेनाद्वारा ताकुकोटको माईकोट माविमा घेराबार

जाईकाले भबन र नेपाली सेनाद्वारा ताकुकोटको माईकोट माविमा घेराबार

  • मंगलबार, कार्तिक २९ २०७९

गोरखा।बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा जाईकाले भबन र नेपाली सेनाले घेराबार लगाईदिएको छ । जाईकाले निर्माण गरेको उक्त विद्यालयमा स्तरीय भबन भएपनि घेराबार नहुँदा विद्यालयमा समस्या रहेको प्रधानाध्यापक रमेश सुबेदीले बताए ।
अहिले नेपाली सैनिक जनहित कार्यक्रम अन्तरगत १० लाख र नेपाली सेनाले जनशक्ति खर्चेर घेराबार लगाईदिएपछि विद्यालय सुरक्षित र विद्यार्थी अनुशासित भएका उनले बताए । उक्त घेराबार सोमवार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको गोरखा स्थित नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए । छ फिट अग्लो फलामे पोलमा ग्याबिन जाली राखेर तारबार गरिएको छ ।

नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले विद्यालयलाई घेराबार हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा बोल्दै पृतनापती श्रेष्ठले नागरिक र सैनिकबिच संम्बन्ध बिस्तार गर्न सेनाले सामाजिक कार्यहरु निरन्तर गर्दै आएको बताए । सेना जनताको सुरक्षाकालागि भएको तर सेनाले बिप्दमा, बिकास निर्माणमा, संरक्षण धेरै क्षेत्रमा काम गर्दै आएको उनले बताए । साथै उनले सैनिक जनहित कार्यक्रम अन्तरगत बिभिन्न जिल्लामा जनतासँग प्रत्यक्ष जोडिने, सरोकार राख्ने गरी बिभिन्न कार्यक्रम भईरहेको बताए । सिमित साधन स्रोत भएकाले जनताको अपेक्षा अनुसार काम गर्ने बजेट नभएपनि केही न केही संवोधन गर्ने प्रयास स्वरुप समुदायमा काम भईरहेको बताए ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले सेनाले विद्यालयमा गरेको सहयोगले शैक्षिक बतावरण बलियो बनाउन मद्धत पुगेको बताए । साथै उनले विद्यालयमा आवस्यक गेट गाउँपालिकाबाट निर्माण गर्ने आस्वासन दिए । घेराबारपछि छुट्टीको समयमा विद्यार्थी बाहिर जाने, कक्षा छाड्ने दर कम हुने, लामो समय बिदा हुँदा विद्यालयको भौतिक संरचना तोडफोड हुने गरेकाले त्यस्ता काम रोकिने अपेक्षा विद्यालयको छ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले विद्यालयको भौतिक संरचना, पुस्तकालय, घेराबार, ल्याब, कम्प्यूटर सबै भईसकेपछि अब नतिजामा गुणस्तर देखिने गरी काम गर्नुपर्नेबेला भएको बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गित सँगै नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयले सेनालाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो । कार्यक्रममा नेपाली सेनाका नम्बर ३ बाहिनीका बाहिनीपति सहायकरथी प्रेमबहादुर पुन, अविभाबक लगायातको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.