गाेरखा। गाेरखाकाे सहिद लखन गाउँपालिका वडा न ५ मास्के छापका नेकपा एमालेका पालिका सदस्य सहित १८ जना एमालेका नेता कार्यकर्ताहरु माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।
बिहिबार सहिद लखन गाउँपालिकमा आयाेजित गठबन्धनकाे चुनावी सभामा वडा न ५ मास्के छापका एमालेका संगठित सदस्यहरु पार्टी प्रबेश गरेका हुन् ।
पार्टी प्रबेश गर्नेहरुमा राजकुमार थापा , सुजन थापा, दिल बहादुर थापा मगर , राम बहादुर थापा मगर , बिबेक थापा मगर , प्रदिप थापा मगर , किरण थापा मगर, अमृत थापा मगर , मदन थापा मगर, दिनेश थापा मगर, धुर्ब थापा मगर , जेन्टल परियार, अरुण थापा मगर अर्जुन थापा मगर , बिक्रम थापा मगर, प्रकाश थापा मगर दिल बहादुर थापा मगर र पुर्ण थापा मगर नेकपा एमाले परित्याग गरि माओबादी केन्द्र प्रबेश गरेकाे माओबादीका कार्यकर्ता बिजय पुडासाैनीले जानकारी दिए । चुनावी सभा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओबादीका केन्द्रीय सदस्य अमर तमुले याेग्यता र क्षमताकाे आधारमा पार्टीकाे जिम्मेवारी दिने भन्दै माओबादी केन्द्रमा प्रबेश गराए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.