गोरखामा बस दुर्घटना !

गोरखामा बस दुर्घटना !

  • मंगलबार, मंसिर ६ २०७९

गोरखा। गोरखाको सदरमुकाम हरमटारीमा  ब्रेक फेल भएर बस दुर्घटना भएको छ। हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । ना ६ ख ८९९८ बस हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो ।

बसको अगाडीको ब्रेक फेल भएपछि अगाडि रहेका माईक्रो लगायतलाई क्षति हुन नदिन कृषि बिकास बैंक अगाडिको एक घरमा बसलाई लगेर ठोक्काएको दावी गरेका छन् ।

सदरमुकामबाट अन्य मुख्य शहर छुट्ने ठाउँ परेकाले बस कुरेर बसी रहेका दुई दर्जनभन्दा बढी यात्रुहरु भागेर ज्यान जोगाउन सफल भएको छ । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.