गोरखा। गोरखा–१ (१) मा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । बुधबार बिहान सम्पन्न भएको मतगणनामा धितालले १५ हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
धितालका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुरेन्द्र थापाले ९ हजार ८ सय २२ मत प्राप्त गरेका छन् ।
धिताल ५ हजार ६ सय ३५ मतको मतान्तरले विजयी भएका हुन् ।
उनी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए । धिताल माओवादी गोरखाका इन्चार्ज समेत हुन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.