देउवा-प्रचण्डबिच टेलिफोन वार्ता, के भयो कुराकानी ?

देउवा-प्रचण्डबिच टेलिफोन वार्ता, के भयो कुराकानी ?

  • बिहिबार, मंसिर ८ २०७९

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनकै बहुमत आउने उल्लेख गरेका छन् । विहिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´लाई टेलीफोन गरि देउवाले बधाई दिदै सत्ता गठबन्धनले बहुमत ल्याउने उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन भन्दा दायाँबायाँ नसोच्न समेत प्रचण्डलाई आग्रह गरे । `सत्ता गठबन्धनले बहुमत ल्याउछ, यहि गठबन्धनको सरकार बन्छ, दायाँबायाँ नचोस्नुस´ देउवाको भनाइ उद्घध गर्दै प्रचण्डको सचिवालयले भन्यो ।

चुनावी मतपरिणामलाई लिएर वाम-लोकतान्त्रिक गठबन्धन रहने/नरहने चर्चा सुरु भएको बेला देउवा-प्रचण्डको टेलीफोन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैविच आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरि बधाई दिदै मिलेर अघि बढ्ने वातावरण बनाउन आग्रह गरेको प्रचण्डको सचिवालयले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.