काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक भोली राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएको छ । भोलीबाट सुरु हुने अधिवेशनमा प्रधानमन्त्रीले क्याबिनेटको सिफारिसमा राष्ट्रपतिद्धारा जारी भएको संवैधानिक परिषद (काम ,कर्तव्य ,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)अध्यादेश पेश हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा अध्यादेश ल्याएका थिए । उक्त अध्यादेश भोलीको बैठकमा पेश हुने छ । अधिवेशनमा गृहमन्त्रीले तेजाब तथा अन्य घातक रसायनिक पर्दात नियमन अध्यादेश २०७७ पेश गर्ने कार्यक्रम रहेको संघीय संसद राष्ट्रिय सभाका महासचिव डा. भरतराज गौतम जारी गरेको पत्रमा जनाएको छ । भोलीको बैठकमा शोक प्रस्तावपनि पेश हुने छन् । प्रतिनिधि सभाका सदस्यद्धय सानु सिवा,सूर्यबहादुर केसी, प्रतिनिधि सभाका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका सदस्यद्धय दिपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधन भएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.