गाेरखा । गाेरखा जिल्ला बिपद् ब्यवस्थापन समिति गोरखाले निर्माण गरेको बिपद् पूर्व तयारी प्रतिकार्य योजना–२०७९ सार्वजनिक गरेकाे छ । नेपाल रेडक्रस सोसाईटी गोरखाको प्राविधिक सहयोगमा समितिले तयार गरेको उक्त योजना पुस्तक छपाई असल छिमेकी नेपालले गरेको हो ।
योजना पुस्तिका कार्यक्रम सोमवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे बिपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र रेडक्रस गोरखाका सभापति यदुबिलास भट्टराईले बितरण गरेका हुन् ।
बिपद्को सम्भावित अवस्था, गोरखाको कुन पालिकामा कस्तो जोखिम छ ? जिल्लामा बिपद्मा प्रयोग हुने कस्ता सामग्री छन् ? जनशक्तिको ब्यवस्थापन के छ ? संघ संस्थामा के छन् ? भन्ने विषयमा बिस्तृत बिवरण उल्लेख गरिएको छ । बिपद्को पूर्व तयारी र खोज उद्धार कसरी गर्ने, कुन निकायको भुमिका के हुने र जिम्मेवार ब्यक्ति को हुन् भन्ने विषय पुस्तकमा उल्लेख गरिएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.