Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

ओलीलाई बालेनको चेतावनी:कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’

loading views..

काठमाण्डु। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बाग्मती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिँदा ओलीले नदेखेको टिप्पणी गरेका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन,’ बालेनले लेखेका छन्,‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।’  उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? भन्दै प्रश्न गरेका छन् । ‘हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ?,’ उनले भनेका छन्, ‘यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले बिरोध गर्नु असामान्य होइन ।’ मेयर बालेनले अब परिस्थिति फेरिसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला,’उनले चेतावनी दिएका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्