प्रदेश सांसदकाे सपथ नखादै धितालले गरे चमत्कार
गाेरखा । गाेरखाका नब निर्वाचित प्रदेश सांसद कृष्ण धितालले बिगत लामो समयदेखि अलपत्र परेको गण्डकी गाउपालिका वडा नम्बर २ स्थित बुटारको पुल निर्माणको लागि अग्रसरता देखाएका छन् ।
उक्त पुल निर्माणको लागि ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगरेको र ढिला सुस्ती गरेको कारण संसद धितालले निर्माणको लागि पहल कदमी लिएका हुन् ।
११ किलो छेपेटर – भालुस्वार- वारपाक सडक योजना गोर्खाले एक सूचना निकाल्दै ७ दिन भित्र निर्माण स्थलमा सन्तोष जनक कार्य गर्न निर्देशन गरेको छ ।
यदि ७ दिन भित्र सन्तोष जनक कार्य नभएको खण्डमा सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का संझौतासर्त बमोजिम ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने ११ किलाे भालुस्वाँरा सडक आयाेजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.