Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रचण्डको नेतृत्वमा सरकार बनाउन माओबादीले एमालेसँग पनि वार्ताको ढोका खोल्यो

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

काठमाण्डु।नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला र छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्ता गठबन्धनमा दबाब पुग्ने निष्कर्ष सहित सरकार गठनका लागि एमाले सहितका अन्य विभिन्न दलसँगको छलफलको विकल्पलाई खुला राख्ने रणनीति लिएको उनको भनाइ छ ।बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम  अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफल आज पनि निरन्तरता पाउने भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link