Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

माधब नेपालको पार्टीले थ्रेसहोल्ड कटाउन सकेन;समानुपातिक मतगणनाको यस्तो छ परिणाम

काठमाण्डु। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फको एक करोड चार लाख २० हजार १२५ सदर मत गणना हुँदा
नेकपा (एमाले) पहिलो दल बनेको छ । एमालेले २७ लाख ८८ हजार ३५६ मत प्रप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत प्राप्त गरेको छ । एघार लाख ६२ हजार १२४ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ ।जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ । पछिल्लो ३ दिनमा नेकपा (एकीकृत समाजवादी) एकहजार ७६४ मत मात्र बढेको छ । गएको बिहीबार बिहानसम्म उसको मत दुई लाख ९२ हजार ५९८ थियो ।

arrow प्रतिक्रिया दिनुहोस्