पोखरा।प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो अध्यक्ष नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।
भेटवार्तामा आगामी सरकार निर्माण तथा चुनावबारे छलफल भएको स्रोतले जनाएको छ ।