पोखरा विश्वविद्यालयले परिमार्जन गर्‍यो विज्ञान र प्रविधि विषयको कोर्ष

पोखरा विश्वविद्यालयले परिमार्जन गर्‍यो विज्ञान र प्रविधि विषयको कोर्ष

  • बुधबार, मंसिर २१ २०७९

पोखरा।पाेखरा विश्वविद्यालयले याे शैक्षिक सत्रबाट स्‍नातक तहमा नयाँ पाठ्यक्रम लागू गर्ने भएकाे छ । विज्ञान तथा प्रविधि संकाय अन्तर्गत रहेकाे स्कुल अफ इन्जिनियरिङका विषयहरूकाे पाठ्यक्रम परिवर्तन हुने भएकाे हाे ।

यसअघि सन् २०११ मा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गरेकाे थियाे । त्यस यता पनि समयसमयमा इलेक्टिभ काेर्षमा केही आंशिक परिमार्जन समेत भएको थियो ।

नयाँ पाठ्यक्रम अन्तर्गत विश्वविद्यालयले आठाैं सेमेस्टरमा तीन महिने इन्टर्नशिप अनिवार्य गरेकाे   छ । त्यस्तै नयांँ पाठ्यक्रममा नवीनतम् सीप विकास गर्ने‍ विषयहरू थप गरिएकाे विज्ञान तथा प्रविधि संकायका डीन प्राेफेसर राजेशकुमार ठकुराठीले जानकारी दिए ।

“अब विद्यार्थीले बजारमा माग भएका विषयहरूकाे अध्ययन गर्न पाउनेछन्,” उनले थपे, “नयाँ पाठ्यक्रम बजारसँग नजिक भएकाे छ ।”

पाठ्यक्रम परिमार्जनका लागि विश्वविद्यालयले छ महिनादेखि तयारी थालेकाे थियाे । अब नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीले परिमार्जित पाठ्यक्रम अध्ययन गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.