Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

मंसिर २३ र २४ गते गाेरखा अस्पतालमा निशुल्क मुटु शिबिर हुने

loading views..

गोरखा। रोटरी क्लव अफ गोरखाले मुटु रोगीको  निशुल्क शल्यक्रिया सहित सम्पूर्ण उपचार गर्ने जनाइएको छ। मंसीर २३ र २४ गते गोरखा अस्पतालमा हुने शिविरमा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्नुपर्नेहरुको हकमा निशुल्क सेवा दिने रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले बताए ।

‘शिविरमा मुटुरोगको चेकजाँच, इको, ईसिजी सबै निशुल्क हुन्छ’, उनले भने, ‘जाँचपछि कसैलाई शल्यक्रिया गर्नुपर्ने भेटिएमा हामीले त्यो सेवा पनि निशुल्क दिनेछौँ ।’ शल्यक्रिया गर्न जाने कुरुवा, बिरामीलाई पनि आतेजाते खर्च, बस्ने खाने ब्यवस्था समेत क्लवले जोहो गरिदिने उनले बताए ।

मंगलवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै रोटरी क्लवका अध्यक्ष ढकालले मुटुको समस्या भएको शंका लागेका वा समस्या भएका सबैलाई उपचार सेवा लिन अनुरोध गरे । ‘विशेषज्ञ चिकित्सक सहितको शिविर हुनेछ’, उनले भने, ‘शिविरपछि काठमाण्डौँमा विषेशज्ञबाट शल्यक्रिया हुनेछ ।’ शल्यक्रिया गराएका बिरामीलाई तीन पटक फलोअप चेकजाँचको व्यवस्था पनि निशुल्क रुपमा क्लवले गरिदिने उनले बताए ।

मुटुको शल्यक्रिया सेवा लिँदा लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता बिरामीलाई छ । रोटरी क्लव अफ गोरखाले यसअघि तीन पटक शिविर गरिसकेको छ । सेभ द हर्ट, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने लागेको हो । शिविरमा बरिष्ठ मुटु रोग विषेशज्ञ डाक्टर अनिल भट्टराईसहित ३० जनाको टोली र गोरखा अस्पतालका १२ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिनेछन् ।

मुटुको जाँच, मुटु सम्बन्धी बिरामीको समस्या, औषधी सेवन गरेका वा जन्मजात समस्या भएका, शल्यक्रिया गराएका, हृदयघात भई बिरामी भएका र परिवारका सदस्यहरु सबैले सेवा लिन सक्ने क्लवका अध्यक्ष ढकालले बताए ।

शिविरमा गोरखा सदरमुकामका विद्यालयहरुको १० हजार भन्दाबढि विद्यार्थी र अन्य क्षेत्रका पाँचहजार गरी पन्द्रहजार भन्दा धेरै विद्यार्थी र एक हजारभन्दा बढी सर्वसाधारणले सेवा लिन सक्ने क्लवको अनुमान छ । विद्यार्थीको मुटुको चाल जाँच गर्ने र समस्या देखिएमा थप उपचार गरिनेछ ।

विद्यार्थीकालागि निशुल्क र अन्य ब्यक्तिले भने ३० रुपैयाँको टिकट गोरखा अस्पतालका काट्नुपर्छ । शिविर संचालनकालागि गोरखाका स्थानीय तहहरु, गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेनथापा गाउँपालिकाले पनि सहयोग गरेका छन् । साथै अन्य संघ संस्था, ब्यक्तिहरुले सहयोग गरेका रोटरी क्लवले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्