गोरखा।ठुलो आँगनमा झण्डाउत्लोन तथा बिगुलद्धारा विजय ध्वनी सहित राष्ट्र निर्मातालाई सलामी तथा पुर्णकदको सालिक राख्न सहमति भएको छ।गोरखा नगरपालिकाले आयोजना गरेको सर्बदलिय बैठकमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पुर्णकदको सालिक राख्न सहमति गरेका छन् ।
शुक्रबार गोरखा नगरपालिकाको प्रमुख कृष्ण राना मगरको अध्यक्षतामा भएको बैठकमा काङ्ग्रेस , माओबादी केन्द्र , एमाले र नेपाल समाजबादी लगाएतका विभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधीहरुकाे सहभागिता रहेकाे थियाे ।
नेपाली काडग्रेसका जिल्ला सचिब किशोरजंग थापाले गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानालाई धन्यबाद दिदै सहमति र सहकार्यले जिल्लालाई बिकासको गतिमा सहयोग पुग्ने भन्दै ठुलो आँगनमा शालिक राख्न हुन्न भन्ने गोरखाकाली नभएको जिकिर गरे ।
त्यस्तै नेकपा माओबादीका प्रतिनिधि राम बहादुर खड्काले गोरखाको लागि गौरबको बिषय भएकाले हाम्रो पार्टीको पुर्ण सहमति रहेको र आबश्याक सहयोग गर्न तयार रहेको बताए ।नेकपा एमालेका प्रतिनिधि देबी बहादुर बस्नेतले सहि काम भएकाले गोरखाको प्रतिष्ठामा सहयोग पुग्ने दाबी गरे
नेपाल समाजबादीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले आफ्नो सपना आज साकार भएकोले निक्कै आफू निक्कै खुशी भएको बताउँदै यो कामलाई सबै मिलेर सम्पन्न गनु पर्ने बिचार ब्यक्त गरे ।
छलफल कार्यक्रमा नेपाल उद्योगबाणिजय संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ चेम्बर अफ कमशर्का अध्यक्ष भाईचन्द्र श्रेष्ठ, गोरखानगरपालिकाका जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष, गोरखा नगरपालिका वडा न ६ का स्थानिय बुद्धिजिबि लगाएतले समग्र गोरखाको पर्यटन प्रबर्धनका लागि सहयोग पुग्ने भन्दै शालिक राख्ने बिषयमा पूर्ण सहमति रहेकाले गोरखाको बिकासमा यो कार्य कोषे ढुगा साबित हुने बिश्वास ब्यक्त गरेका हुन् ।
गोरखामा आबद्ध भएका राजनितिक दलहरु बिभिन्न संघ संस्थाका प्रमुख एंबम प्रतिनिधी सहितको टोलीले घनिभूत छलफल पश्चात गोरखाकाे ठुलाे आँगनमा राष्ट्र निर्माता पृथ्बी नारायण शाहकाे पुर्णकदकाे शालिक राखी पाैष २७ गतेबाट हरेक दिन सलामी अर्पण गर्ने निर्णय गराएकाे गोरखा नगरपालिकाले जनाएको छ ।
राष्ट्र निर्माता पृथ्बीनारायण शाहले गोरखाबाट एकीकरण गरी बिशाल नेपालको जग हाल्दै एकीकरणको उदगम स्थल गोरखाको ऐतिहासिक महत्व जर्गेना तथा प्रबर्धन गर्न भाबी पुस्तालाई राष्टिय एकताको मालामा जोडने एक देश भक्तिको भाबना जागृत गराउन सैनिक नागरिक सम्बन्ध तथा नेपाली सेना प्रति सकारात्मक भाबना अभिबृद्धि गराउन यो ऐतिहासिक कार्यको थालनी गर्न लागिएको नेपाली सेनाका गणपति हेमराज बिष्टले जानकारी दिए । उनले दिएको जानकारी अनुसार हरेक दिन बिहान सूर्य उदाउने समयमा र बेलुका घाम अस्ताउने वेलामा दिनको २ चोटी राष्ट्र निर्माता पृथ्बी नारायण शाहलाई बिशेष सलामी दिइने जानकारी गराए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.