ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते सम्पन्न चुनावमा जस्तो वैदेशिक चलखेल विगतमा कहिल्यै नभएको बताएका छन् । हरिसिद्धि, ललितपुरमा भएको प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकमा संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले निर्वाचनको वैदेशिक शक्ति खडा गरिएको बताउँदै संविधान आफुहरुले बनाएको तर यो पटकको चुनावी परिणामलाई वैदेशिक शक्तिले जसरी प्रयोग गरे यसबारे ध्यान दिनु जरुरी रहेको उनले बताए । अध्यक्ष प्रचण्डले हिजो माओवादीको छुट्टै पहिचान रहेको र अहिले माओवादीलाई पहिचानको समस्या हुन थालेको बताउँदै हिजो जस्तै देश र जनताप्रति आचार र व्यवहार नयाँ बनाउने युगिन पहिचान बनाउन जरुरी रहेको बताए । सम्वोधनका क्रममा उनले विगतमा जस्तो अहिले आफ्नो क्षेत्रलाई जति राम्रा काम गरेपनि, जति राम्रो मुद्दा उठाएपनि, नयाँ र डिजिटल मिडियाबाट आफ्नो कुरा भन्न सक्नु पर्ने उनको भनाइ थियो । यो अवस्थामा जिटल आर्मीको विशाल फौज चाहिएको बताउँदै उनले हामीकहाँ भएको जनमत र पंक्तिलाई परिचालन गरेर आइटी आर्मी बनाउन जरुरी रहेको बताए । दक्षिणपन्थी दुषित हावालाई स्वच्छ बनाउन यो आवश्यक भैसकेको उनको भनाइ थियो । अहिलेको अवस्थामा ६० लाख भन्दा धेरै नेपाली विदेशमा रहेको र अहिलेको हावाचल्नुको कारण त्यो शक्तिलाई सही संगठित गर्न ध्यान दिन नसक्नु भएकोले यसमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.