Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

सर्बपक्षिय बैठकद्वारा ठुलाे आँगनमा पृथ्वीनारायणको सालिक राख्ने सहमति

loading views..

गाेरखा। गाेरखालाई पर्यटकिय हब बनाउने उद्येश्य सहित गाेरखा नगरपालिका र नेपाली सेनाकाे आयाेजनमा गाेरखाकाे ठुलाे आँगनमा नेपालकाे नक्सा सहित मनाेग्राम निर्माण गरी हरेक दिन नेपाली सेनाकाे गरुड दल पल्टनबाट परेड खेल्ने गरि गाेरखाकाे ठुलाे आँगनमा काम शुरु गर्ने निर्यय गरिएकाे छ ।

गाेरखा नगरपालिकाकाे आयाेजना गरेकाे सर्बदलियल बैठक तथा सर्बपक्षिय बैठकले घनिभुत छलफल गरि पाेखरीथाेक गैरीकुवा सतिपिपल नारेश्वर लगाएतका ठाँउलाई सहज हुने गरि अर्काे भरपर्दाे र बैकल्पिक बाटाे नबन्दा सम्म निर्बिबाद ठुलाे आँगनबाट जसरी पहिला बाटाे सहज भएकाे थियाे त्यसरी नै बाटाे सहज आवतजावत गर्ने निर्णय भएकाे गाेरखा नगरपालिकाले जनाएकाे छ ।

गाेरखा नगरपालिकाकाे प्रमुख कृष्ण बहादुर राना मगरले बैकल्पिक बाटाेकाे लागि छिट्टै नै ब्यबस्था गरिने बिश्बास दिलाएका हुन् । गाेरखाकाे व्यापार ब्याबशायमा निरन्तर ओराले लाग्दै गरेकाे अबस्थामा गाेरखामा पर्यटकिय हब बनाउन सबै गाेरखाबासीकाे साथ र सहयाेगबाट मात्र गाेरखा समबृद्व र समपन्न हुने भन्दै पर्यटन प्रबद्वन मद्वत पुग्न भएकाले सबैले सहयाेग गर्न अपिल गरेका हुन्

त्यस्तै गाेरखा नगरपालिकाका उप मेयर मसली मायाँ थाेकरले जनताकाे राम्राे कामकाे लागि कसैले पनि राजनिति गर्न नहुने जिकिर गरिन् । उद्योग बाणिजय संघका महासचिब प्रकाश श्रेष्ठले समग्र गाेरखा बिकासकाे लागि जसरी सफल पार्नु पर्ने बताए ।

गाेरखामा रहेका सराेकार हरुकाे बैठकले गाेरखामा बिकास बिकास हुने हाे भने कुनै पनि अबराेध नहुने र जनताकाे बैकल्पिक बाटाेकाे मागलाई ध्यान दिन सबै संघ र संस्थाकाे प्रमुख एंबम प्रतिनिधीहरुले जाेडदार माग गरेका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्