गाेरखा। चम्मपाबती हाईड्राेपाउरका अध्यक्ष हरिराम पराजुलीले राईनस नहरकाे भबिष्य बिगारेर जलविद्युत आयाेजना बनाउने कुरा साेच्न पनि नसक्ने बताएका छन् ।
शनिबाार गाेरखा सदरमुकाममा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष पराजुलीले राईनस नगरबासीकाे माग नहरमा पानी खस्दैन भन्ने चिन्ता हाे भने टेक्निकल मान्छे ल्याउएर नाप जाँच गर्न आग्रह गरेका हुन् । नहरमा पानी खसेन भने प्राेजेक्ट बन्द गर्ने पनि बिश्बास ब्यक्त गरे । बनिरहेकाे भाैतिक संरचनालाई हेरेर धारण बनाउनु भ्रम र सरासर गलत हाे उनले भने ।
राईनस नहरकाे मुहान चिली खाेला र चेपे खाेलाकाे दाेभान भन्दा तल रहेकाे र आयाेजनाकाे डिजाईनमा पाउरहाउस बाट निस्कने पानी चेपे र चिली खाेलाकाे दाेभान भन्दा माथि फाल्ने गरि बनाईएकाे पनि उनले जानकारी गराए ।
बाताबरणिय अध्यन प्रतिबेदन अनुसार पाउरहाउसबाट निस्कने पानी चेपे खाेला र चिली खाेला भन्दा माथि रहेकाे नक्सामा उल्लेख गरिएकाे छ । यसैकाे आधारमा सबै भाैतिक संरचना निर्माण कार्य भईरहेकाे स्थलमा प्रबेश गरि आयाेजना असफल बनाउने दुर्नियत राखी मंसिर २४ गते आयाेजना स्थलमा ताेडफाेड र आगजानी प्रति घाेर भर्तसना गर्दछाै पत्रकार सम्मेलनमा मार्फत भनिएकाे छ । उक्त ताेडफाेडले झण्डै ३३ कराेड ४० लाख क्षति भएकाेले केन्द्र प्रदेश तथा स्थानिय तहले प्राप्त गर्ने राेयल्टीमा असर पर्ने देखिएकाे छ । घट्नाकाे सत्य तथ्य छानबिन गरि दाेषिलाई कार्बाहिकाे लागि प्रक्रिया अघि बढाइएकाे निर्दशक दुर्गा लाल श्रेष्ठले जानकारी दिए ।
हामी कम्पनिकाे तर्फबाट समस्या समाधानका लागि राईनस सिंचाई याेजना सहितका सराेकारवाला निकायहरुसंँग संबाद शुरु गर्न आँतुर रहेको सो कार्यक्रममा सरोकारवालाले बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.