Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

प्रचण्ड निबासमा खड्ग ओलीका दुत;प्रचण्डलाई एमालेले प्रधानमन्त्री स्वीकार्ने

loading views..

काठमाण्डु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ।

बिहान खुमलटार पुगेर नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न प्रस्ताव गरेका हुन्। एमाले आफूले राष्ट्रपति राखेर माओवादीलाई प्रधानमन्त्री बन्न आग्रह गरेका हुन् । भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक विषयमा छलफल भएको बुझिएको छ । उपाध्यक्ष नेम्वाङले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले माओवादीको सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार भए एमाले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको नेम्वाङको भनाइ थियो । बाँकी पदहरु एमाले माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड सकिने उनको भनाइ छ । देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाउन भन्दै एमालेले यस्तो प्रस्ताव गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो। यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए। साझापोष्टबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्