Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

विकास निर्माणका काममा भएको ढिलासुस्ती हटाउन सांसद माझीको सक्रियता

loading views..
Nepal Telcome

लमजुङ। प्रतिनिधिसभा सदस्य उर्मिला माझीले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती हटाउन र समयमा काम सम्पन्न गरि जनतालाई प्रभावकारी सेवा दिनकाे लागि सक्रिय पहल गरेकी छिन् । निर्वाचनमा विजय भएपछि जिल्ला आएकी नेकपा माओवादी केन्द्रकी सांसद माझीले प्रमुख जिल्ला अधिकारी र पुर्वाधार प्रमुखलगायतसँग छलफल गर्दै विकासका कामहरू ताेकिएकाे समयमा नसक्दा जनताले असुविधा भाेग्न बाध्य हुनुका साथै जिल्लाकाे परिचय पनि विग्रने बताइन् ।

साे अवसरमा उनले लमजुङको भाेटेओडार बेलघारी खण्डको सडककाे समस्या हल गर्न तथा सडक सुधार र स्तराेन्नति तत्काल गर्न पनि आग्रह गरेकी थिइन् । साे सडक खण्डको निर्माण समयमा नहुँदा दाेर्दी गाउँपालिका र दुधपाेखरी गाउँपालिका जाने यातायात नराम्ररी प्रभावित हुने गरेकाे छ । प्रमुख जिल्ला अधिकारी सुशील बैधले यसलाई गम्भीरतापूर्वक लिएको र तत्काल काम अगाडि बढाउने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link