गोरखा। पत्रकारलाई छिटाे र छरिताे सुचना दिन जिल्ला प्रशासन कार्यालय गाेरखाले सबै कार्यालयहरुलाई आग्रह गरेकाे छ । जिल्ला प्रशासन कार्यालय गाेरखाकाे सभाहलमा गाेरखामा क्रियाशिल पत्रकार र सरकारी कार्यालयका सुचना अधिकारी बीच साेमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
सरकारी कार्यालयकाे गतिबिधि पत्रकारलाई सरल ढंगबाट उपलब्ध गराउन कार्यक्रम आयाेजना गरिएकाे
गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । उनले कार्यक्रमकाे सहजिकरण गर्दै ऐनले ताेके बमाेजिम समयमा सुचना उपलब्ध नगराउने सुचना अधिकारीलाई कार्बाही गरिने पनि बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्याले आफ्नाे कार्यालयकाे वयबसाइट अपडेट नभए अपडेडट गर्न निर्देशन दिदै तत्काल सुचना दिन निर्देशन गरेका थिए । कार्यक्रममा पत्रकारहरुले पुर्ण रुपमा सुचना अधिकारीबाट सुचना पाउन नसिकिएकाले कार्यालय प्रमुखसँग सुचना लिनु परेकाे समस्या सुनाएका थिए ।