Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

गोरखा कांग्रेसमा अन्धाधुन्ध अनुशासनको डण्डा चल्यो

loading views..
Nepal Telcome

गोरखा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई नेपाली कांग्रेस जिल्ला अनुशासन समिति गोरखाले कारबाहीको सिफारिस गरेको छ।

२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरुलाई पार्टीको उम्मेदवार विरुद्ध लागेको आरोप छ ।

कारबाही सिफारिस भएकाहरुमा महासमिति सदस्य ईश्वर पाण्डे, महासमिति सदस्य प्रेमकुमार खत्री, महाधिवेशन प्रतिनिधि चेतबहादुरअधिकारी रहेका छन्। नेपाल तरुण दलका जिल्ला कार्यसमिति सचिव चित्र भट्ट, नेपाली कांग्रेस गाउँपालिका पार्टी सदस्य विदेश नराल, क्षेत्रीय प्रतिनिधि भिमप्रसाद अर्याल, गण्डकी प्रदेश समिति सदस्य श्यामप्रसाद लामिछानेलाई कारबाहीको सिफारिस गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले गोरखा १ का प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाई तथा प्रदेश उमेदवार नन्द प्रसाद न्यौपाने बिरुद्व अभिव्यक्ति दिएको कथितअडियो सार्वजनिक भएको थियो। पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको बताइएको छ।

गाउँगाउँमा आधिकारिक उम्मेदवारलाई भोट नहाल्न भनेको, सामाजिक सञ्जालमा तथानाम लेखेको लगायत उजुरी पछि कारबाहीका लागि सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ। कारबाहीका लागि सिफारिस भएकाहरूले नेपाली कांग्रेसको विधान विपरीत काम गरेको भन्दै जिल्ला अनुशासन समितिले कारबाहीका लागि पठाएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link