Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

सडक निर्माण : पति ठेक्का दिने, पत्नी अनुगमन गर्ने !

पोखरा। श्रीमती सिडिई केसी ठेक्का लगाउने, श्रीमान् दुई खनालले अनुगमन गर्ने यो कस्तो काइदा ? निजामती सेवामा योभन्दा बेतिथि अरु के हुन्छ भन्दै विभाग र मन्त्रालयका कर्मचारीहरुले बेलाबखत ठट्यौली गर्ने गर्दै आएका छन् ।काठमाडौं डिभिजनमा कार्यरत रहँदा खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले १० लाख घुस रकम सहित रंगेहात पक्राउ गरेका थिए । तर, तात्कालीन अख्तियार प्रमुखलाई उनले एक करोड घुस बुझाएर उम्किएको चर्चा थियो । उनलाई आयोगले किन मुद्दा दायर गरेन भन्ने प्रश्न पनि उठेको थियो ।प्रमुख कारण नगद नारायण नै रहेको जानकारस्रोत बताउँछ । अरू कर्मचारीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खनाल भने भष्टाचार काण्डबाट सजिलै जोगिन सकेका थिए। सेटिङमा ठेक्का मिलाउने मात्र होइन, अख्तियारलाई पनि मिलाउन उनी खप्पिस मानिएको चर्चा पनि हुने गर्दछ । त्यसपछि खनाल धरान–चतरा सडक, साँफेबगर डिभिजन प्रमुख हुन सफल भएका थिए । यत्रो काण्डबाट सजिलै उम्किएका उनी  बढुवा भएका थिए ।

करिब १० महिनादेखि उनी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख रहेका छन । जसपाकी नेत्री रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा नजराना चढाएर उनी पोखरा सरूवा हुन सफल भएको सडकका इन्जिनियरहरु चर्चा गर्दछन् ।

(साँघु साप्ताहिक, २०७९ पुस १८ गते)

arrow प्रतिक्रिया दिनुहोस्