Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन नेपाली सेनाबाट गाेरखा – काठमाडाै पदयात्रा शुरु

loading views..
Nepal Telcome

गाेरखा । नेपाल एकीकरण अभियानलाई हर्साउल्लासका साथ मनाउन नेपाली सेनाले पृथ्वी जयन्तीको अवसर पारेर सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा सुरु गरेको छ। ऐतिहासिक महत्त्वको एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले गएको वर्ष पनि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गरेको थियो । बिहीवार गोरखा दरबारबाट सुरु हुने यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन ‍गणपति हेमराज विष्टले बताए । पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोसाकमा रिपुमर्दन गण र सार्दुलजंग गुल्मको फौज सहभागी भएको थियो । नेपालको झण्डासहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको गणपति विष्टले जानकारी दिए ।

पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए । तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ ।

काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न लागेको छ ।गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको करिब १ सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्न लागेको हो । काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा रहेको छ । बाटोको बीचबीचमा रहेका प्रायजसो कोशेढुङ्गा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन ।एकीकरण पदमार्गमा पर्ने गोरखाखण्डमा ६ वटा कोशेढुङ्गा हुनुपर्नेमा ५ वटा मात्रै सुरक्षित छन् । गोरखा दरबारको हनुमान भन्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटबेसीको कोशेढुङ्गा सुरक्षित छन् । यस्तै पदमार्ग आसपास दर्जनौँ ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरु रहेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link