प्रचण्ड-नेपाल समुहलाई ओलीको चुनौती : आगामी निर्वाचनमा दस सिट ल्याएर देखाउनुस्

प्रचण्ड-नेपाल समुहलाई ओलीको चुनौती : आगामी निर्वाचनमा दस सिट ल्याएर देखाउनुस्

  • शनिबार, पौस १८ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौति दिएका छन् । प्रधानमन्त्री ओलीनिकट समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताए ।

उनले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दवी गरे । ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उनले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्दै भने ।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले बताए ।

उनले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.