जिल्ला प्रशासन कार्यालय गाेरखाले क्रसर उद्योग र बालुवा प्रशाेधन केन्द्रमा ताला लगायाे

जिल्ला प्रशासन कार्यालय गाेरखाले क्रसर उद्योग र बालुवा प्रशाेधन केन्द्रमा ताला लगायाे

गाेरखा।  जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र रहेका क्रसर उद्योग र बालुवा प्रशाेधन केन्द्रमा ताला लगाएकाे छ । बिना दर्ता संचालनमा रहेका, नबिकरण नगरी संचालन भएका क्रसर उद्योग बन्द गरी ताला लगाएकाे हाे । साेमवार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

गाेरखा नगरपालिका वडा न १० मा रहेकाे गाेरखकाली क्रसर उद्योग पालुङटार १ मा रहेको सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, सिरानचोक ६ कालामाटाको दरौँदी क्रसर उद्योग, अजिरकोट २ को सुपर चेपे हाईड्रो पावरको क्रसर लगायतका उद्योगमा प्रहरी पुगेर बन्द गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

‘जिल्ला अनुगमन समितिको निर्णय अनुसार हामीले अहिले जिल्लामा भएका सबै क्रसर उद्योग बन्द गराएका छौँ’ एसपी खनालले भने ‘नबिकरण र दर्ताको कागजात अहिले दुरुस्त भएका उद्योग भेटिएनन ।’ जिल्ला भित्र क्रसर उद्योग, बालुवा प्रशोधन केन्द्र र बिभिन्न आयोजनाका नाममा खुलेका २३ वटा उद्योग छन् । यी मध्ये केही संचालनमा छैनन । सबै उद्याेग बन्द गराइएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.