जनतासँग घुस, चाकडी र उपहार नलिएर नै काम गर्ने : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

जनतासँग घुस, चाकडी र उपहार नलिएर नै काम गर्ने : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

भरतपुर।उपप्रधान-भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चितवनका जनतासँग घुस, चाकडी र उपहार विना जनताको काम गर्ने बताएका छन् । भरतपुर १३ मा रहेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने – ‘मेरो जिवन शैलीको कुरा गर्नु हुन्छ भने म पाँच चिज खादिँन । माछा, मासु, अण्डा रक्सी र कोल्ड ड्रिक्स लिँदिन। कहिले काहीँ ग्रिन टी खाएपनि चिया कफि खान्न् । चुरोट, खैनी , सुपारी, पान खान्न् । यो पाँच वटा क्याटोगोरीको चिज खान्न् । तपाईँको अघि आउँदा फेरी म थप तीन चिज खान्न् भन्ने जानकारी गराउँछु। एउटा घुस खान्न्, आर्को चाकडी रुचाउँदिन, तीन उपहार लिन्न ।’
माहान शहिद, वयपत्ता योद्धाहरुको ठुलो त्याग, बलिदान र समपर्णका कारण नेपालमा ठुलो परिवर्तन आएको छ । श्रेष्ठले भले भने– त्यसैले हामीले खराब चिजलाई अन्त्य गर्नु पर्छ । आफैँ खाउँ ,आफ्नैलाई केही गरौँ भन्ने दिशा तिर जाने हो भने दिन प्रतिदिन शहिद र व्यवत्ता योद्धालाई ठुलो अन्याय गरेको ठहरिन्छ । हामीले त्यसो गर्न मिल्दैन । यो राजनितिक परिवर्तनलाई सामाजिक आर्थिक रुपान्तरणको निम्ती निस्वार्थ ढंगबाट प्रयोग गर्ने दिशा तर्फ जानु पर्छ ।
उनले जनताबाट निर्वाचित भएर पाएको पद विलासिताको निम्ती, शान देखाउन र पैसा कमाउनको लागि नभई जनताको सेवाको लागि भएको बताएका थिए । भ्रस्ट्रचार र व्यक्ति स्वार्थबाट आफुलाई मुक्त राखे मात्र शहिद र वेपत्ताको सपना पुरा हुने उनले बताए ।
उपलब्धिलाई रक्षा र सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्न र देशलाई सम्बृद्ध बनाई त्यो प्रतिफल जनतालाई दिन सरकार गुणात्मक रुपमालाग्ने बताएका श्रेष्ठले सबै पुर्वधार मध्येको मुख्य पुर्वधार शिक्षा भएको बताएका थिए । उनले शिक्षाको क्षेत्रको विकास विना अरु विकास ठिक दिशा तिर लैजान नसक्ने र दिगो बनाउन नसक्ने बताए।राज्यले पहिलो लगानीमा शिक्षामा गर्नुपर्छ । र शिक्षामा गुणात्मक परिवर्तन गर्नुपर्छ भन्नेमा यो सरकार प्रतिवद्ध छ।श्रेष्ठका अनुसार यो सरकार सामुदायिक विद्यालय र आंगिक क्याम्पसहरुको शिक्षालाई गुणस्तरीय बनाउँन चाहान्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.