Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

राष्ट्रपतिमा सबैभन्दा ठूलो दल कांग्रेसले दाबी

loading views..

काठमाण्डु। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग परामर्श गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भएकाे जानकारी दिँदै सबै पक्षसँग छलफल गर्ने प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।

‘शक्ति सन्तुलनको आधारमा राष्ट्रपतिमा स्वभाविक रुपमा हाम्रो दाबी रहन्छ । संसदमा तेस्रो दल माओवादीले प्रधानमन्त्री भएको छ । एमालेले सभामुख पाएको छ । राष्ट्रपतिमा सबैभन्दा ठूलो दल कांग्रेसले दाबी गर्नु स्वभाविक हो’, उनले भने, ‘उम्मेदवारी दिनुअघि हामी संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग परामर्श गर्छौं । सकेसम्म सर्वसम्मत रुपमा हामी उम्मेदवारी दिनेछौं ।’

महतले हिजोको बैठकमा राष्ट्रपति निर्वाचनमा केन्द्रत भएर छलफल गरेको जानकारी दिँदै समयमै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने अडानमा कांग्रेस रहेको बताए    ( नेपालवाचबाट)

loading views..

arrow प्रतिक्रिया दिनुहोस्