जस्केलाबाट छिरेकाहरू नेकपाका आधिकारीक नेतृत्व होइनन्:पृथ्बी सुब्बा गुरूङ्ग

जस्केलाबाट छिरेकाहरू नेकपाका आधिकारीक नेतृत्व होइनन्:पृथ्बी सुब्बा गुरूङ्ग

  • शनिबार, पौस १८ २०७७

गोरखा । केपी ओली समूहका गण्डकी प्रदेशका इन्मुचार्ज तथा सोही प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता दुबै केपी शर्मा ओली नै भएको दाबी गरेका छन् ।आज गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै ओली समुहका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले जस्केलाबाट पसेकाहरु पार्टी अध्यक्ष पनि हुन नसक्ने, संसदीय दलका नेता पनि हुन नसक्ने दाबी गरे ।

‘अहिले माधव नेपाल, प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संस्थापन हो कि केपी शर्मा ओली नेतृत्वको नेकपा संस्थापन हो भन्ने प्रश्न जन्मिएको छ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रथम अध्यक्ष को हो ? केपी शर्मा ओली । हाम्रो पार्टीको संसदीय दलले विधिवत रुपमा चुनेको संसदीय दलका नेता को हो ? केपी शर्मा ओली । प्रथम अध्यक्ष भएको पार्टी संस्थापन हुन्छ कि अरु हुन्छन् ? प्रधानमन्त्री भएको मान्छे संसदीय दलका नेता हुन्छन् कि अरु हुन्छन् ? जस्केलाबाट छिरेर आफैलाई पार्टी अध्यक्ष, आफैलाई संसदीय दलका नेता घोषणा गर्ने मान्छे घरमुली हुन्छ कि मूलढोकाबाट छिरेका मान्छे घरमुली हुन्छ ?’ उनले भने, ‘त्यसैले हाम्रो आधिकारिक पार्टी केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी हो । आधिकारिक अध्यक्ष पनि उहाँ नै हो, संसदीय दलको नेता पनि उहाँ नै हो, प्रधानमन्त्री पनि उहाँ नै हो । झ्यलाढोकाबाट छिर्नेहरु होइनन् । यस्ता कुरामा सबै स्पष्ट हुनुपर्छ ।’ बहुमत र अल्पमतको कुरामा नअल्झन उनले आग्रह गरे ।
विधान अनुसार चलेको पार्टीलाई अल्पमत र बहुमतको आधारमा चलाउन नहुने उनको तर्क छ ।केपी शर्मा ओलीको प्रशम्शामा पुरै मन्तब्यको समय खर्चिएका उनले भने  ‘उहाँ राष्ट्रियताका लागि विदेशीसामु लम्पसार पर्नुभएन । चीनसँगका नौ वटा व्यापारिक नाका खोल्नु भयो । नेपाली झण्डाबाहक पानी जहाज चलाउने तयारी अन्तिम चरणमा पुर्‍याउनु भयो । लुम्बिनी, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनु भयो’, मुख्यमन्त्री गुरुङले भने, ‘विकास र संवृद्धिको नारा लिएर अघि बढ्दा केपी शर्मा ओलीको उचाइ बढेको देखेर जलेका माधव नेपाल र प्रचण्डजीहरुले कहिल्यै पनि प्रधानमन्त्री हुन नपाउने डरले जालझेल र षड्यन्त्र गरी हटाउन खोजेका हुन् ।’

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आएमा आफू सामना गर्न तयार गरेको उनले बताए ।
‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने केही छैन । हामी मिलेर जानुपर्छ । अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क हो’, मुख्यमन्त्री गुरुङले भने, ‘तर सवै विकल्पका लागि खुल्ला भएकाले उहाँहरुले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्नुहुनेछ । त्यो भयो भने सामना गर्छु ।’उक्त कार्यक्रममा रामशरण बस्नेतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.