गाेरखा । गाेरखा नगरपालिका वडा न १० काे रत्नराज्य माध्यमिक बिद्यालय बिरेनचाेकमा नगर स्तरिय शिक्षक भलिबल खेल शुरु भएकाे छ ।
शुक्रबार देखि शुरु भएकाे खेलमा गाेरखा नगर भित्रका माध्यमिक बिद्यालयहरु र पालुङटार नगर पालिकाका भित्रका माध्यमिक बिद्यालयहरु सहभागी रहेका थिए ।
जसमा १० वटा बिद्यालय सहभागी भएकाे रत्नराज्य माध्यमिक बिद्यालयका प्राधानध्यापक तेज बहादुर नेपालीले जानकारी दिए ।
ब्याबस्थापन समितिका अध्यक्ष धन बहादुर आलेकाे अध्यक्षतमा भएकाे कार्यक्रममा गाेरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले शिक्षक शिक्षक बीच भएकाे मैत्रीपुर्ण खेलले शिक्षक बीच साैहर्द पुर्ण वातावरण बन्दै जाने र शैक्षिक गुणस्तर बृद्वि गर्न पनि याे खेलले अर्थ राख्ने बताउदै नगर प्रमुख रानाले सामुदायिक बिद्यालयकाे भाैतिक पुर्बाधार बिकास र शैक्षिक बिकासमा नगरपालिकाले विशेष जाेड दिने बिश्बास ब्यक्त गरे ।
साेहि कार्यक्रममा गाेरखा नगरपालिकाका उप प्रमुख मसली मायाँ थाेकर पत्रकार महाँसघ गाेरखाका पुर्ब अध्यक्ष किशाेर जंग थापा गाेरखा नगरपालिका वडा न १० का अध्यक्ष प्रदिप कुबर पुर्ब वडा अध्यक्ष देबि बहादुर बस्नेत लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.