Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

अनेरास्वबियु गाेरखाकाे जिल्ला अध्यक्षमा प्रताप ढकाल निर्बिराेध निर्बाचित

loading views..
Nepal Telcome

गाेरखा।  नेकपा एमाले निकट अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्वबियु ) गाेरखाकाे अध्यक्षमा प्रताप ढकाल निर्बिराेध निर्बाचित भएका छन् ।

शनिबार भएकाे १४ ओै जिल्ला सम्मेलनले प्रताप ढकालकाे अध्यक्षतमा २३ सदस्यीय जिल्ला कमिटी निर्बाचित भएकाे अनेरास्बियुका नेता प्रबिन श्रेष्ठले जानकारी दिए ।

जसकाे उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिबमा प्रमिला खड्का, सह-सचिबमा मिलन बराम काेषध्यक्षमा बिक्रम तमाङ चयन भएकाे अनेरास्वबियु गाेरखाले जनाएकाे छ ।

प्रकाश पाैडेलेकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथि अनेरास्वबियुका बरिष्ठ उपाधयक्ष आरसी लामिछानेले गरेका थिए । प्रमुख अतिथी लामिछानेले बिद्यार्थी संगठन नेता उत्पादन गर्ने थलाे भएकाले अनेरास्वबियुले संगठनलाई बिस्तार गरी नेतृत्वदायी भुमिका निर्बाह गर्न आग्रह गरेका थिए ।

स्वबियु निर्बाचन नजिकिए संगै बिद्यार्थी संगठनले धमाधम भेला तथा सम्मेलन गर्दै आएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link