Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

बिषालु सर्पले डसे झैं केपी ओलीले नेकपालाई डसे:प्रभाकर

loading views..
Nepal Telcome

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई डसेको बताएका छन् ।

विराटनगरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले ओलीले कम्युनिस्ट आन्दोलनलाई डसेको बताएका हुन् ।

‘केपी ओली पार्टीभित्र हुर्किएका विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिस्ट आन्दोलनलाई डसे,’ शर्माले भने, ‘ओलीमा संविधानप्रति माया देखिएन ।’

बयलगाडाको सिद्धान्त बोकेर हिँडेका व्यक्तिले गणतन्त्र स्वीकार गरेजस्तो गरे पनि सत्ता आफ्नो हातमा आएपछि प्रतिमागी कदम चालेको उनले बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली कठपुतली भएको दाबी गरे । ‘उनी लम्पसारवादी हुन्, कठपुतली हुन्,’ शर्माले भने, ‘उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् त्यसपछि फालिदिन्छन् ।’

पार्टीभित्र समस्या सामधान गर्न बारम्बार पहल गर्दा ओलीले प्रतिगामी तत्तवको इसारामा काम गरेको उनले बताए ।

नेता शर्माले जनतासँग माफी माग्न आग्रह गरेका छन् । जनतासँग पहिला माफी मागेर ओलीको प्रतिगामी कदमका विरुद्ध आवाज उठाउनका लागि कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी भित्र गुट उपगुट नहुने बताउँदै उनले कम्युनिस्ट आन्दोलनलाई सफल बनाउनका लागि जनतासँग माफी माग्न आग्रह गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link