Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

आँबुखैरेनी गाउँपालिकाद्वारा घरदैलोमै सामाजिक सुरक्षा भत्ता बितरण

loading views..
Nepal Telcome

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले घरदैलोमा नै पुगेर सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको हो ।

पहिलो चौमासिकमा घरदैलोमा पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले दोस्रो चौमासिकवापत कात्तिकदेखि पुससम्मको भत्ता पनि घरदैलोमा नै पुगेर वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झण्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो । चुमानले स्थानीय तह निर्वाचनका बेला आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा गाउँ–गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

“मैले चुनावमा जनता सामु गरेका बाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु”, चुमानले भने, “पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहज रुपमा गाउँमै भत्ता पुर्‍याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको अनुभूति भएको छ ।”

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ मा भत्ता वितरण गर्दै आएको कुमारी बैंक मर्ज भएकाले केही समयका लागि उक्त वडाका बासिन्दालाई सम्बन्धित बैंकबाट भत्ता वितरण गरिनेछ । “बैंक मर्ज भएकाले केही प्राविधिक कारणले गर्दा घर दैलोमा पुगेर वितरण गर्न सकेनौँ, केही समयपछि पुनः घरदैलोमा नै भत्ता वितरण हुनेछ”, शर्माले भने ।

आँबुखैरेनीमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र एनसिसि बैंकसँग सम्झौता गरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link