गोरखा। गोरखा जिल्लाको सातौ जिल्ला सभा आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको सभाले जिल्ला भित्रका सबै स्थानीय तहहरुले पालिका स्तरिय गुरुयोजना निर्माण गरी सोको कार्यान्वयद्धारा दिगो र सन्तुलित विकासमा जोड दिएको छ । त्यस्तै जिल्ला भित्रका सबै स्थानीय तहले विकासको महत्वपूर्ण पूर्वधारको रुपमा रहेको सडक विस्तार एवं निर्माण गर्दा दिगोपना,नतिजामुखी एवं वातावरणमा सकारात्मक प्रभाव पर्नेहुदा सडक गुरुयोजना निर्माण कार्यान्वयन गर्ने, विकास निर्माण सम्बन्धी जिल्ला स्तरिय गुणस्तर परिक्षण प्रयोगशाला निर्माण संघ सरकार र प्रदेश सरकार संग अनुरोध गर्ने निर्णय सभाले गरेको जिल्ला समन्वय समिति गोरखामा प्रमुख मोहनबहादुर थापामगरका स्वकिय सचिव राजन आले मगरले जानकारी दिए । सभाले स्थानीय तहहरुले स्थानीय तहको आवश्यकता, प्रादेशिक आवश्यकता र राष्ट्रिय आवश्यकताको सामाञ्जस्यता हुने गरी संचालन गर्दा बढी परिणाममुखी र दिगोपना कायम हुने गरी सञ्चालन गर्नुपर्ने, जिल्लाका अति विपन्न नागरिकहरुको जीविका ेपार्जनमा टेवा पुर्याउने उदेश्य राखि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्रका अति विपन्न वर्ग र समुदायको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्न जोड दिने निर्णय समेत गरेको उनले बताए । स्थानीय तहका न्यायिक समितिहरुका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने, स्थानीय तहहरुले आ–आफ्नो प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा जोड दिने, संचालित योजनाहरु तोकिएको समय अवधि भित्र प्रभावकारी ढंगले निर्माणकार्य सम्पन्न गर्न प्राथमिकता दिने, राजस्व वृद्धि कार्ययोजना तयार गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय सभाले गरेको प्रमुख आले मगरले बताए । त्यस्तै गोरखा जिल्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला भएरपनि यस जिल्लामा पर्यटन क्षेत्रमा अपेक्षाकृत उपलब्धी हासिल हुन नसेको भन्दै जिल्ला स्तरीय पर्यटन गुरु योजना निर्माण गर्न जिससले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय सभाबाट पारित भएको छ । त्यस्तै असल अभ्यास सिकाईका लागि जिससका पदाधिकारी तथा कर्मचारीको अन्तरजिल्ला भ्रमणका लागि प्रदेश सरकारबाट बिनियोजित १० लाख मध्ये दुई लाख ५० हजार रुपैया असल अभ्यास आदानप्रदान कार्यक्रमका लागि बिनियोजन गर्ने निर्णय भएको समन्वय श्रोतले बतायो।
