Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

अमेरिकी राहदानी लुकाएरै रविले नेपाली राहदानी कसरी प्राप्त गर्न सफल भए

loading views..

काठमाण्डु। नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिए ।

अमेरिकी नागरिकता र पासपोर्ट लुकाएरै १३ जेठ २०७२ मा रविले आफुसँग रहेको पूरानो नेपाली नागरिकताका आधारमा नेपाली पासपोर्ट लिएका थिए । पूरानो नागरिकता अवैध रहेको सर्वाेच्चको आदेशपछि नयाँ नागरिकता लिन पुगेका रविले आइतबार नै आफुसँग भएको पूरानो राहादानी राहदानी विभाग पुगेर फिर्ता गरेका थिए ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रविको नागरिकता विवादको सुनुवाइको बेला न्यायाधीशहरूले लामिछानेले अमेरिकी नागरिकता कायम रहेका बेला नेपाली पासपोर्ट लिएको र पछि मात्रै अमेरिकी नागरिकता त्यागेको बारे जिज्ञासा राखेका थिए ।

जवाफमा रविका कानुन व्यवसायीहरूले ‘पासपोर्ट लिए पनि त्यसको प्रयोग नगरेको’ भन्दै प्रतिरक्षा गरेका थिए । तर रविले दोहोरो राहादानी बोकेरै नेपाली राहादानी प्रयोग गरेर विदेश आउजाउ गरेको खुलेको छ । दोहोरो राहदानी बोकेर हिडनु गैर कानुनी हुन्छ । कुनै एक देशको राहदानी रहेसम्म अर्काे कुनै पनि देशले राहादानी दिँदैन । त्यसरी राहादानी कोही कसैले लिएमा जानी–जानी झुट्टा विवरण पेश गरेर लिएको हुन्छ । रविले त्यसै गरेका थिए ।

२०५० फागुनमा अमेरिका पुगेका रविले २०७० फागुन ९ मा अमेरिकाको नागरिकता पाएका थिए । त्यसपछि उनी २०७२ बैशाखमा अमेरिकी राहादानी बोकेरै नेपाल आएका उनले १३ जेठ २०७२ मा नेपाली राहादानी लिएका थिए ।

तर उनले नेपालको राहादानी बोकेरै त्यही राहादानी प्रयोग गरेर २०७५ असोज ३ मा (सन् २०१८ सेक्टेम्बर २० तारिख) का दिन जापान र कोरियातर्फको यात्रा गरेका थिए । जुन उनले आफै सामाजिक सन्जालमा राखेका थिए ।

हेर्नुहोस विवरण

तर उनका वकिलहरुले समेत सर्वाेच्चमा गत शुक्रवार नागरिकता विवादको सुनुवाईका क्रममा न्यायाधीसहरुले अमेरिकी नागरिकता कायम रहेका बेला नेपाली पासपोर्ट लिएको र पछि मात्रै अमेरिकी नागरिकता त्यागेको बारे सोधेको जिज्ञासामा राहादानी लिएपनि प्रयोग नै नगरेको जवाफ दिएका थिए ।

नेपालको नागरिकता नै नरहेको अवस्थामा उनले झुक्काएर नेपाली राहादानी लिएको र त्यही राहादानी प्रयोग गरेर जापान कोरिया लगायतका देशको भ्रमण गरेको उनी आफैले सामाजिक सन्जालमा राखेको विवरणमा देखिन्छ ।

यसरी अवैध रुपमा राहदानी लिने र राहदानी प्रयोग गर्ने कामलाई नेपालको कानुनले दोषी ठहर गर्छ । यसरी झुक्काएर राहदानी प्राप्त गरेमा वा प्राप्त गर्ने उद्योग गरेमा’ तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने भन्ने व्यवस्था छ ।

उनले राहादानी लिएको बेला उनीसँग अमेरिकाको नागरिकता, राहादानी दुवै थियो । दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गरेको छैन । राहादानीका बारेमा उनी विरुद्ध पेश भएको जाहेरी प्रहरीले दर्ता नगरी फर्काएको छ, तर अध्यागमन विभागमा भने उनीमाथी दोहोरो राहादानीमा कारवाही गर्न निवेदन परेको छ । यो वा त्यो वैकल्पिक उपायबाट यस विषयमा उजुरी दर्ता भएमा उनलाई राजनीतिक रूपमा नै संकट पर्ने देखिन्छ ।

लामिछानेले २०७३ सालमा अमेरिकाको नागरिकता कायम भएको बेला आफू नेपाली नागरिक रहेको भनी गलत विवरण पेश गरी त्यसका आधारमा पासपोर्ट लिएकाले उनको हकमा पुरानो राहदानी ऐन, २०२४ आकर्षित हुने र त्यसै आधारमा कारवाही हुनसक्ने सम्भावना अझै छ ।

उनले अमेरिकी नागरिकता र राहादानी रहेकै बेला नेपालको राहादानी लिएको बेला रहेको राहादानी ऐनको दफा ५ मा ‘जानी–जानी झुट्टा विवरण दिई राहदानी प्राप्त गरेमा वा प्राप्त गर्ने उद्योग गरेमा’ तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने भन्ने व्यवस्था छ ।

करिब ३ वर्ष १ महिनासम्म उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट साथमा राखेका थिए । ४ जेठ २०७५ मा अमेरिकी नागरिकता त्याग्ने निवेदन दिएका उनले ४० दिनपछि मात्रै त्यो प्रक्रिया पूरा भएको पत्र पाएका थिए ।

त्यसरी लिएको राहादानी भने रविले गत आइतबार मात्रै राहादानी विभागमा लगेर फिर्ता गरेका थिए ।मेरो न्युजबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्