Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अर्को बैंकको एटीएमबाट पैसा झिक्दा प्रति कारोबार १५ रुपैयाँ शुल्क लाग्ने

loading views..
Nepal Telcome

काठमाण्डु। अबदेखि एउटा बैंकको कार्ड अर्काे बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम दुई ओटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन’ अन्तर्गत अन्तर एटीएममा हुने हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेकाे हाे । अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेपनि शुल्कको दायरा भने घटाइएको छ ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन पाउने छैनन् । यसअघि यस्तो कारोबारमा प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन-२०७९’ मा भनिएको छ।यसरी एटीएम कार्डबाट कारोबार गर्दै एक पटकमा २५ हजार, दैनिक एक लाख र एक महिनामा चार लाख रुपैयाँसम्म रकम झिक्न पाइने व्यवस्था गरिएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link