Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अन्तर मावि वक्तृत्वकला प्रतियोगीताकाे उपाधि महेन्द्र मावि कुन्दुरटारका मन्दिप लामालाई

loading views..

गोरखा। गोरखा नगरपालिका अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगीतामा महेन्द्र मावि कुन्दुरटारका छात्र मन्दिप लामाले प्रथम भएर उपाधि हात पारेका छन् । दण्डपाणी अर्याल केन्द्र काठमाण्डु र सरस्वती मावि आहालेको सहकार्यमा शुक्रवार भएको प्रतियोगीतामा ओल्ड क्यापिटल बोर्डिङकी छात्रा प्रजिता वानियाँ दोस्रो र शक्ति मावि पाटेचौरकी छात्रा समिना पन्त तेस्रो भएकी छन् ।

उनीहरुले क्रमश सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएको सरस्वती मावि आहालेका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए । प्रतियोगीतामा सहभागी सबै बिद्यार्थीलाई जनही एक हजार रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रतियोगीतामा १७ बिद्यालयका १७ जना बिद्यार्थी सहभागी थिए । ईश्वरचन्द्र वानियाँको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्