नेपाल आयल डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ मूल्य बढ्यो

नेपाल आयल डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ मूल्य बढ्यो

  • मंगलबार, माघ २४ २०७९

पोखरा। नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्‍याएको छ। यसअघि पेट्रोल १७५ र डिजेल तथा  मट्टीतेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ १७० रूपैयाँ प्रतिलिटर र बाह्यतर्फ १.४२० डलर कायमै राखिएको छ। एलपी ग्याँस प्रतिसिलिन्डर एक हजार ८०० नै कायम राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.