गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदा

गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदा

गोरखा।जिल्लाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ । गाउँपालिकाले विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको हो।

पालिकाको बुधबार बसेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले जानकारी दिए। जनयुद्धको क्रममा गण्डकी गाउँपालिकाबाट मात्रै १७ जनाले ज्यान गुमाएका छन् भने १ जना अझै बेपत्ता रहेका छन्।

मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झनामा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

सार्वजनिक विदाका अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रिजेस उपरककोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.