Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

पर्यटन तथा उद्योग कार्यालय गाेरखाद्वारा उद्यमीलाई प्रबिधि हस्तान्तरण

loading views..

गाेरखा। पर्यटन तथा उद्योग कार्यालय गाेरखाले उद्यमीलाई प्रबिधी हस्तान्त्रण गरेकाे छ ।

आईतबार पर्यटन तथा उद्योग कार्यालय गाेरखाकाे आफ्नै हलबाट चालु आर्थिक बर्ष २०७९/२०८० काे प्रबिधी हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

उक्त कार्यक्रममा दलित बिपन्न तथा पराम्परागत सीप भएकाहरुकाे ब्याबाशायी बिकासकाे उपकरण र प्रबिधी हस्तान्त्रण अन्तरगत छनाेट भएका विभिन्न १२ जना उद्यमीहरुलाई र सञ्चालित उद्योगकाे प्रबद्वनकाे लागि साझेदारीमा उपयुक्त प्रबिधी हस्तान्त्रण कार्यक्रम अन्तरगत छनाेट भएका १७ जना उद्यमीहरुलाई १४ थान डिजिटल सिलाई मेसिन २ थान चाप कटर र १ थान सानाे चापकटर ३ वटा कम्बाईन मिल १ डाेमेस्टिक फ्लाेर मिल २५० वटा काठकाे फ्रेमनेपाली हाते कागज काठकाे फ्रेम १ थान डि फ्रिज एक सेट ब्याट्री र ईन्भटर ३ वटा काठकाे ढाकाकाे कपडा बुन्ने हाते तान लगाएतकाे विभिन्न यन्त्र तथा उपकरण बितरण गरिएकाे पर्यटन तथा उद्योग कार्यालय गाेरखाका कार्यालय प्रमुख सुर्य भुजेलले जानकारी दिए।

कार्यालय प्रमुख सुर्य भुजेललेकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री माननीय रेशम जुग्जालीकाे आतिथ्यमा भएकाे थियाे । साे कार्यक्रममा प्रमुख अतिथी मन्त्री रेशम जुग्जालीले प्रबिधीकाे सहि सदुपयाेग गर्दै उत्कृष्ट उद्यमीलाई आगमी बजेटमा राखी एक बर्षमा प्राेत्साेहन गरिने पनि बताए । साथै आफुले लगानी गर्न नसक्नेले सरकारकाे अपेक्षा राख्ने हाे भन्दै तपाईहरुकाे थाेरै लगानी भयाे भने माया हुने हुदा त्याे ब्याबशाय सफल पार्न ब्यबाबशायीलाई मन्त्री जुग्जालीले विशेष आग्रह गरेका हुन ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्