काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड र माधवकुमार नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।
सोमबार माधव कुमार नेपालको अध्यक्षतामा पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीबाट हटाएको हो ।
बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.