Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

दुवै पक्षकाे आत्मआलाेचना पछि मिल्यो द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख र क्रान्तिकारी बिचको बिवाद

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजार, गोरखाका क्याम्पस प्रमुख रामचन्द्र दुवाडी र अखिल क्रान्तिकारी बिचको बिबाद समाधान भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा आइतबार दुबै पक्ष बसेर बिबादको समाधान गरिएको हो । छलफलका क्रममा दुवै पक्षले आ–आफ्ना तर्फबाट भएका गल्ती र कमिकमजोरीको बिषयमा आत्मआलाेचना गरेपछि बिबाद समाधान भएको हो ।

क्याम्पस व्यवस्थापन समितिका अधयक्ष सहित क्याम्पस दुवाडी सहित र अनेरास्ववियू क्रान्तिकारीका नेताहरु बिच भएको छलफलले बिबादलाई दुवै तर्फबाट आत्माआलोचना गरेर समाधान गर्ने सहमति भएको थियो । छलफलमा आगामी दिनमा दुवै पक्षले क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा पठनपाठनका लागि भूमिका खेल्ने, आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन शान्तिपूर्ण ढंगबाट सफलता पूर्वक सम्पन गर्ने लगायतका बिषयमा समेत छलफल भएको हो ।

सरकारले यहीँ फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि क्याम्पस प्रमुख दुवाडीले सामाजिक सञ्जालमा बिदाको बिरोध गर्दै कथित जनयुद्ध शब्दलाई बैधानिकताको धृष्टता गर्ने वर्तमान सरकार मुर्दावाद भनेर स्टाटस लेखेपछि अनेरास्ववयू ९क्रान्तिकारी० त्यसको बिरोध गर्दै बिज्ञप्ति निकालेर तत्काल उक्त अभिव्यक्तिको बिरोध गर्दै आएको थियो ।

सोही बिषयलाई लिएर क्याम्पस प्रमुख दुवाडी र बिधार्थी संगठन बिच बिबाद चर्किएको थियो । घटनाको बिषयलाई लिएर स्वतन्त्र बिधार्थी युनियनले क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी समेत गरेपछि पठनपाठन समेत रोकिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link